सामग्रीमा जानुहोस्

पारिस्थितिक प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
कोरल रिफ , सामुद्रिक पारिस्थितिक पद्धतिको उदाहरण

पारिस्थितिक पद्धति (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय (बोट बिरुवा, जीव जन्तु, सुक्ष्मदर्शी जीवहरु) र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरूमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्त्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ । वातावरणमा रहेको जैविक तथा अजैविक तत्त्वहरुको समग्रता नै पारिस्थितिक प्रणाली हो ।

प्रकार

जीवजन्तूहरूको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :

  1. पानीमा हुने ��ा जलिय पारिस्थितिक पद्धति
  2. जमिनमा हुने वा स्थलिय पारिस्थितिक पद्धति

सन्दर्भ सामग्रीहरू

बाह्य कडी