अन्तर्राष्ट्रिय तिथि रेखा
अन्तर्राष्ट्रिय तिथि रेखा पृथ्वीको सतहमा कोरिएको एक काल्पनिक रेखा हो जुन उत्तरी ध्रुवदेखि दक्षिण ध्रुवसम्म फैलिएको छ भने यसलाई प्रशान्त महासागरको बीचैबीचबाट कोरिएको छ। यस रेखामा आधारित रहेर मिति परिवर्तन हुन्छ। यस रेखाको निर्धारण सन् १८८४ मा वासिङ्टनमा सम्पन्न एक सम्मेलनमा गरिएको थियो। जब कुनै जल परिवहकले पश्चिम दिशामा यात्रा गर्दछ भने त्यसको मितिमा एक दिन जोडिन्छ भने यदि उक्त परिवहन पूर्व दिशा तर्फ यात्रा गर्दछ भने एक दिन घटाइने गरिन्छ।पृथ्वीको हरेक १८० डिग्री देशान्तरमा ४ मिनेट समय फरका पदै जाँदा ग्रिनबिचदेखि पूर्वमा १८० डिग्री सम्म १२ घण्टा समय चाँडो र पश्चिम १८० डिग्रीमा १२ घण्टा ढिलो हुँदा ३६० डिग्रीमा २४ घण्टा समयको अन्तर पर्दछ। यो रेखादेखि पूर्वी भागमा र पश्चिम भागमा एकदिनको मिति फरका पर्ने र यसलाई अन्तराष्ट्रिय रूपमा विश्वले नै मान्य भएकाले यसलाई अन्तराष्ट्रिय तिथी रेखाको रुपमा मानिएको छ। यस रेखालाईनै आधार मानेर संसारको जुनसुकै स्थानको प्रमाणिक समय निधारण गर्ने गरिन्छ।
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/6/61/International_Date_Line.png/220px-International_Date_Line.png)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)