घिउ
स्वरूप
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/f/f8/Butterschmalz-3.jpg/220px-Butterschmalz-3.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/Ghee_2.jpg/220px-Ghee_2.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/0/0b/Dosa_and_ghee.jpg/220px-Dosa_and_ghee.jpg)
घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ ।
औषधी उपचार[सम्पादन गर्नुहोस्]
- कपाल दुखेमा
- गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।
- जाडोले कामज्वरो आएमा
- एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
- आँखा धमिलो र फूलोमा
- गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।
- खानामा अरुची भएमा
- घ्यूमा नीमको कमलो ८\१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।
- आँखाको कमजोरीमा
- राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।
- शूल भएमा , धेरै दीसा लागेमा
- जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
- सेतो दुवी आएमा
- रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउन��� र त्यस ठाँउमा बिहान/बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।
- ओठ फुट्ने भएमा
- एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २/४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।
सन्दर्भ ग्रन्थ[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा घिउ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।