राष्ट्रिय निकुञ्ज
एउटा राष्ट्रिय निकुञ्ज संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो । प्रायःजसो यो एउटा सार्वभौम राज्य अथवा निजी तवरमा प्राकृतिक, अर्द्ध प्राकृतिक, वा विकसित भूमिलाई आरक्षित गर्ने कार्य गर्दछ । व्यक्तिगत राष्ट्रहरू यसको उपयोग भिन्न भिन्न रूपले गर्छन तर एउटा आम धारणा के छ भने जंगली प्राकृतिकको संरक्षण गरियो भने आउने भावी पिढीको लागि त्यो राष्ट्रिय गौरवको प्रतिक हुनेछ ।[१] यसबाहेक, एउटा अन्तर्राष्ट्रिय सङ्गठन, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) र उसको विश्व संरक्षित क्षेत्र आयोगले आफ्नो संरक्षित क्षेत्रको द्वितीय श्रेणी प्रकारको रूपमा "राष्ट्रिय निकुञ्ज"लाई आफ्नो भाषमा परिभाषित गरेको छ । राष्ट्रिय निकुञ्जको लागि यस प्रकारको सुझाव पहिले दिइएको थियो तर सोको आधारमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकाले सन् १८७२ मा आफ्नो पहिलो राष्ट्रिय निकुञ्जको स्थापना गर्यो जस���ो नाम एल्लोस्टोन राष्ट्रिय निकुञ्ज हो । आईयूसीएनको बैठकमा उसको परिभाषा अनुसार संसारको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज आईयूसीएन अनुसार सन् १९७४ मा स्थापित भएको थियो जो पूर्वोत्तर ग्रिनल्यान्ड राष्ट्रिय निकुञ्ज हो । विश्वव्यापी मापदण्ड २००६ अनुसार ६,५५५ राष्ट्रिय निकुञ्ज स्थापना भएका थिए । आईयूसीएन अझै पनि एउटा राष्ट्रिय निकुञ्जलाई परिभाषित गर्ने मापदण्डहरु माथि छलफल गरिरहेको छ ।[२] राष्ट्रिय निकुञ्ज लगभग सधैं आगन्तुकहरूका लागि खुला हुन्छन् । हाल राष्ट्रिय निकुञ्ज संरक्षणको महत्त्व र राष्ट्रिय निकुञ्ज स्थित देशको प्राकृतिक सम्पदाको महत्त्वलाई दर्शाउन विभिन्न रूपमा सरकार द्वारा सार्वजनिक जनताहरूलाई शिक्षित गर्न विभिन्न मनोरञ्जन र शिविर अवसर दिनुका साथै कक्षा प्रदान गर्ने गरिन्छ ।
परिभाषा[सम्पादन गर्नुहोस्]
सन् १९६९ मा आईयूसीएनले राष्ट्रिय निकुञ्ज घोषणा गर्दा निम्न परिभाषित विशेषताहरु सँगै अपेक्षाकृत ठूलो क्षेत्र हुनु पर्ने बताएको छ :[४]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ Europarc Federation (eds.) 2009, Living Parks, 100 Years of National Parks in Europe, Oekom Verlag, Munchen
- ↑ "History of the National Parks", Association of National Park Authorities, अन्तिम पहुँच १२ नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २१ अप्रिल २०१३ मिति
- ↑ Jane Levere (२९ अगस्ट २०११), "The World's Most Beautiful National Parks", Forbes, अन्तिम पहुँच २०११-१०-०४।
- ↑ Gulez, Sumer (1992). A method of evaluating areas for national park status.