८३औँ एकेडेमी पुरस्कार
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/ne/thumb/a/ac/83rd_Academy_Awards_poster.jpg/220px-83rd_Academy_Awards_poster.jpg)
कोडाक थिएटरमा 'पि्रन्सेस डाइरिज' की एनी हाथवे र 'स्पाइडर-म्यान' स्टार जेम्स उद्घोषण गरिएको अवार्ड वितरण गरि���को समारोहमा चार उपाधिसहित बेलायती फिल्म 'दी किङ्स स्पिच'ले उत्कृष्टता फिल्मको उपाधी जितेको छ । यसका अभिनेता कोलिन फिर्थले सर्वश्रेष्ठ नायकको उपाधी जितेका छन् भने सर्वउत्कृष्ठ निर्देशन र अरिजिनल स्कृनप्लेको उपाधीपनि यसै यसै फिल्मले जितेको छ ।
त्यसैगरी उत्कृष्ट अभिनेत्रीको उपाधीभने ब्ल्याक स्वानका नाताली पोर्टम्यानले जितेकी छन् । त्यस्तै द सोसल नेटवर्कले एडेप्टेड स्क्रिनप्ले, संगीत (ओरिजिनल स्कोर), फिल्म सम्पादनमा गरी तीन अवार्ड जितेको छ । सिनेमाटोग्राफी, ध्वनि सम्पादन, ध्वनि मिश्रण, भिजुअल इफेक्ट्समा भने इन्सेप्सनले बाजी मारेको छ ।
सह अभिनेतामा द फाइटर फिल्मका क्रिस्टियन बेल, सहअभिनेत्रीमासोही फिल्मका मेलिसा लियो, एनिमेटेड फिचर फिल्ममा ट्वाइ स्टोरी थ्री तथा कला निर्देशनमा एलिस इन वन्डरल्याण्ड उत्कृष्ट बनेका छन् ।
यस वर्षको ओस्कार अवार्डमा सह-नायिका विधामा मनोनित हुँदा बालकलाकार हाइली स्टेनफेल्ड मस्त निद्रामा थिइन् । 'म त सुतिरहेकी थिएँ,' १४ वषर्ीया नायिकाले एउटा अन्तर्वार्तामा भनिन्, 'आमाबुबा टीभी कोठामा अचानक कराउन थाल्नुभयो, झस्किएर ब्युँझिएपछि मात्रै पत्तो पाएँ ।' उनी 'टु गि्रट' फिल्मका लागि मनोनित भएकी हुन् ।अमेरिकी नायिका हाइलीझैं नायिका ज्याकी विभर पनि ओस्कार मनोनयन घोषणा हुने क्रममा निदाएकी थिइन् । समारोह भइरहेको हलमै उपस्थित यी अस्ट्रेलियाली नायिकाले भनिन्, 'मेरो नाम घोषणा हुनुभन्दा केही समय पहिलेदेखि नै निद्रामा झुल्दै थिएँ ।' ज्याकीले 'एनिमल किङडम' का लागि सह-नायिकामा आफू मनोनित भएको कुरा पूर्वपतिको एसएमएस पाएपछि थाहा पाएको बताइन् ।
यही विधामा 'द फाइटर'बाट ओस्कारको दाबेदार ठहरिएकी नायिका एमी एडम्स हाइली र ज्याकीझैं निद्रामा झुलेकी नभए पनि आफ्नै दुनियाँमा थिइन् । 'मनोनयनमा पर्दा म मपेटहरूसँग रमाइरहेकी थिएँ,' उनले भनिन् । डिस्ने फिल्म 'द मपेट्स'को छायांकनमा व्यस्त नायिकाले तेस्रोपटक ओस्कार मनोनयनमा परेको पूरा दिन खेलौनासँग खेलेर बिताएको बताइन् ।
ओस्कारमा मनोनित भएकोमा भाग्यमानी ठानेकी नायिका एमीझैं अरू सेलिबि्रटीले पनि खुसी व्यक्त गरेका छन् । 'ब्लाक स्वान'बाट ओस्कारमा उत्कृष्ट नायिकाको लागि मनोनयनमा परेकी नटाली पोर्टम्यान (तस्बिर)ले 'दशक लामो फिल्म यात्रामा साथ दिएका फ्यान र फिल्म क्रुलाई धन्यवाद दिन चाहन्छु,' भनेकी छन् । नटालीलाई 'र्याबिट होल'बाट टक्कर दिइरहेकी पूर्व ओस्कार अवार्ड विजयी नायिका निकोल किडम्यानले 'यो फिल्मले मलाई भिन्न जीवनको यात्रामा लगेको थियो' भन्दै कदरका लागि सबैलाई धन्यवाद दिएकी छन् । यी दुई नायिकालाई 'ब्लु भ्यालेन्टाइन' की मिसेल विलियम्स, 'विन्टर्स बोन' की जेनिफर लरेन्स र 'द किड्स आर अल राइट' की एनेट बेनिङले उत्कृष्ट नायिकाको अवार्डमा चुनौती दिँदै छन् ।
८३ औँ ओस्कारमा नायक विधामा 'द किङ्स स्पिच' का लागि मनोनित भएका कलिन र्फथले रातभर साथीभाइसँग खुसियाली मनाए । जीवनमा यति धेरै खुसीका लागि तयारी भएको थिएन,' उनले भनेका छन् । 'वान ट्वेन्टी सेभेन आवर्स'बाट यही विधामा मनोनित नायक जेम्स फ्रान्कोले 'अत्यधिक खुसी' प्रकट गरे । उनीहरूलाई 'टु गि्रट' का जेफ बि्रजेस, 'द सोसियल नेटवर्क' का जेसी आइजनबर्ग र 'ब्युटिफुल' का हाभियर बारडेमले 'उत्कृष्ट नायक' अवार्डको लागि चुनौती दिइरहेका छन् ।
ओस्कारका सात विधामा मनोनित भएको 'द फाइटर' का नायक तथा निर्माता मार्क वालबर्गले खुसीको सीमा नाघेको भनेका छन् । नायिका हाइली मनोनयनमा परेको घोषणा हुँदा निदाएकी भए पनि यस मनोनयनले आफूलाई धान्नै नसक्ने गरी उत्साह र खुसी लिएको बताइन् । उनलाई बधाई दिनेमा 'वान टाइम' गायक जस्टिन बिबर पनि छन् । जस्टिनले उनलाई 'चौध वर्षमै ओस्कारमा मनोनित भएकोमा बधाई छ' भनेर ट्वीटरमा लेखेका थिए ।
भारतीय संगीतकार एआर रहमान 'उत्कृष्ट ओरिजिनल सङ' र 'उत्कृष्ट ओरिजिनल स्कोर' का लागि दुईवटा अवार्डमा मनोनित भएका छन् । 'स्लमडग मिलिनियर'को लागि दुई वर्ष अघि दुईवटा ओस्कार जितेका रहमानले ड्यानी बोयलकै पछिल्लो फिल्म 'वान ट्वेन्टी सेभेन आवर्स'को लागि यी मनोनयन पाएका हुन् । उनीसँगै गरेर यो फिल्म ६ वटा विधामा मनोनित भएको छ । 'द किङ्स स्पिच'ले उत्कृष्ट नायक तथा उत्कृष्ट फिल्ममा गरी १२ वटा विधामा मनोनयनमा हक जमाएर यो वर्षको सबैभन्दा बढी विधामा मनोनित हुने फिल्म बनेको छ ।
यस वर्षओस्कारका लागि बेलायती सिनेमा 'किंस् स्पिच' सबैभन्दा बढी १२ विधामा मनोनयन भएको छ। उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेतासहितको विधामा यो फिल्म मनोनयन भएको हो|ओस्कारमा हलिउडका सिनेमाहरूको बाहुल्यता हुने गरेकामा यस पटक बेलायती फिल्म 'किंस् स्पिच' सबैभन्दा बढी विधामा मनोनयन भएको छ । जसलाई बेलायती सिनेकर्मीहरूले गौरव महसुस गरेका छन| टम हुप्परले निर्देशन गरेका हुन्। कोलिन र्फथ, ज्योफि्फरे रुस, हेलेन बोनहाम कार्टर, गाय पियर्स आदिले अभिनय गरेको यो फिल्म २६ नोभेम्बर २०१०मा रिलिज गरिएको थियो।यसपछि दोस्रो धेरै विधामा मनोनयन हुने सिनेमामा 'ट्रयु ग्रिट' परेको छ । यो फिल्म विभिन्न १० विधामा मनोनयन भएको छ। पारामाउन्ट पिर्क्चर्सले निर्माण गरेको यो फिल्मको निर्देशन कोयन दाजुभाइ जोयल कोयन र इदन कोयनले गरेका हुन। जसमा जेफ ब्रिडगेस, मट डेमन, जस ब्रोलिन निकोलस स्याडलरलगायतले अभिनय गरेको छन्। यो फिल्मको रिलिज २२ डिसेम्बर २०१०मा गरिएको थियो।
यस पटक दर्ुइओटा फिल्म आठ/आठ विधामा मनोनयन भएका छन्। ती दुई फिल्म 'इनसेप्सन' र 'द सोसियल नेर्टवर्क' हुन्। यी दुवै उत्कृष्ट फिल्मको विधामा समेत मनोनयनमा परेका छन्। यस्तै, फिल्म 'द फाइट' सात विधामा मनोनयनमा परेको छ। फिल्म '१२७ आवर' ६ विधामा मनोनित भएको छ। दर्ुइओटा फिल्म 'ब्लाक स्नो' र 'टोय स्टोरी-३' पाँच/पाँच विधामा मनोनयन भएका छन्।
चारओटा विधामा पनि दर्ुइओटा फिल्म मनोनयन भएका छन्। जसमा 'द किड्स आर अल राइट' र 'विन्टरस् बोन' रहेका छन्। तीनओटा विधामा फिल्म 'एलिस इन वन्डरल्याण्ड मनोनित भएको छ। दुईटा विधामा भने तीनओटा फिल्म मनोनयनमा परेका छन्। ती फिल्म 'ब्युटिफुल', 'हेरि पोर्टर एन्ड द डेथली हल्लोवस् पार्ट-१' र 'हाउ टु ट्रेन योर ड्रागन' हुन। यस पटक विदेशी भाषाअर्न्तर्गतको ओस्कार अवार्ड विधामा पाँच फिल्म मनोनयन भएका छन्। जसमा इटालियन फिल्म 'ब्युटिफुल' डेसिन फिल्म 'इन द बेटर वर्ल्ड', 'डगटुथ' रहेका छन्। यस्तै, फिल्म 'इन्सेन्डिज' र 'आउटसाइड अफ ल' पनि विदेशी भाषा विधामा मनोनयन भएको छ।
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/e/ec/TomHopper10TIFF.jpg/150px-TomHopper10TIFF.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/d/d8/ColinFirthJan11.jpg/150px-ColinFirthJan11.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/6/6a/NataliePortmanTIFFSept10.jpg/150px-NataliePortmanTIFFSept10.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/c/cc/Christian_Bale_-_002.jpg/150px-Christian_Bale_-_002.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/5/5e/Melissa_Leo_at_the_2009_Tribeca_Film_Festival.jpg/150px-Melissa_Leo_at_the_2009_Tribeca_Film_Festival.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/b/bd/Aaron_Sorkin_at_the_Oxford_Union_1.jpg/150px-Aaron_Sorkin_at_the_Oxford_Union_1.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/7/7b/RandyNewman_nojhf_May12008.jpg/150px-RandyNewman_nojhf_May12008.jpg)
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/a/ab/Rick_Baker_at_Saturn_Awards.jpg/150px-Rick_Baker_at_Saturn_Awards.jpg)
ओस्कार-८३औँ उत्कृष्टहरू[सम्पादन गर्नुहोस्]
- चलचित्र - द किङ्स स्पिच
- निर्देशक- टम हुपर (द किङ्स स्पिच)
- अभिनेता - कोलिन र्फथ (द किङ्स स्पिच)
- अभिनेत्री- नटाली पोर्टम्यान (ब्ल्याक स्वान)
- सह-अभिनेता - क्रिस्टियन बेल (द फाइटर)
- सह-अभिनेत्री- मेलिसा लियो (द फाइटर)
- एनिमेटेड फिल्म- टोय स्टोरी थ्री
- भिजुअल इफेक्ट्स- इन्सेप्सन
- फरेन ल्याङ्ग्वेज फिल्म- इन अ बेटर वल्र्ड (डेनमार्क)
- मौलिक पटकथा :डेभिड सिडलर (द किङ्स स्पिच)
- एनिमेटेड पटकथा: द सोसियल नेटवर्क
- एनिमेटेड फिचर : टोय स्टोरी ३
- विदेशी चलचित्र : इन अ वेटर वल्र्ड (डेनमार्क)
- बृतचित्र फिचर : इनसाइड जब
- एनिमेटेड -छोटो) : द लस्ट थिङ
- वृतचित्र -छोटो) : स्टेनजर नो मोर
- कला निर्देशन : एलिस इन वन्डरल्याण्ड
- छायाङ्कन : इन्सेप्सन
- पहिरन : एलिस इन वन्डरल्याण्ड
- सम्पादन : द सोसियल नेटवर्क
- लाईभ एक्सन -छोटो) : गड अफ लभ
- मौलिक स्कोर : द सोसियल नेटवर्क
- मौलिक गीत : वि विलोग टुगेदर -टोय स्टोरी ३
- शृङ्गार : द वल्फम्यान
- भिजुअल इफेक्ट्स : इनसेप्सन
- ध्वनी सम्पादन : इनसेप्सन
- ध्वनी मिक्सिङ : इनसेप्सन
- [१]:थप समाचार
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://178.128.105.246/cars-http-upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)