सामग्रीमा जानुहोस्

राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीम सिंह राणा, उदयपुरका राणा (राजा)
प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा, कास्की तथा लम्जुङ्गका राणा (राजा)

राणा हिन्दू धर्मावलम्बी राजपुतक्षेत्रीहरूको थर हो। राणा खासमा एक राजपुत उपाधि हो । कुँवरमाथि राणा उपाधि धारण गरी राणा वंश स्थापना गर्ने जंगबहादुर राणा (वीरनरसिंह कुँवर) पहिलो नेपाली राणा वंशज हुन्। यी राणा क्षेत्रीहरू वत्स गोत्रका हुन् भने मेवाडका राणाहरू वैशमपायन गोत्रका हुन् ।

राणाको अर्थ सार्वभौम राजा मानिएको छ । तर मेवाड राज्यका राणाहरूले राणा उपाधिलाई राज्यको संरक्षक (Royal Custodian) का रूपमा मान्दै आएका छन् । भारतीय राजपुत समाजमा राणा उपाधि सर्वाधिक उच्चतम् मानिएको छ । राजाझैं राणाकी श्रीमतीलाई पनि रानी नै भनिन्छ । राणाका बन्धु शब्दहरू रावल, राव, राय, राई, राजा, राया, आदि हुन् । यी सबैको अर्थ एउटै हुन्छ ।

राणा उपाधि प्रथम चोटि राणा हम्मीर सिंह (१३२६-१३६४)ले लिएका थिए । उनले आफ्ना पूर्वजको रावल उपाधि त्यागी राणा उपाधि लिएका थिए ।

मेवाडका राणा

[सम्पादन गर्नुहोस्]
महाराणा प्रताप (राजा रवि वर्मा द्वारा चित्रित)

नेपालको राणाहरू प्रधानमन्त्री

[सम्पादन गर्नुहोस्]

यिनीहरूको पूर्वज कुँवरहरू हुन्। आजका राणाहरूको पुर्ख्यौली ३ दाजुभाइ बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवरमा पुग्दछ। जंगबहादुर राणाले सत्तामा आउनासाथ धारण गरेको वा पाएको उपाधि राणालाई थर बनाइयो। त्यसरी कुँवरबाट राणा अलग्गिएका हुन्।[]

राणाहरू नेपालमा निम्नसङ्ख्यक छन् । उनीहरूको बसोबास काठमाण्डौ उपत्यकामा विशेष छ ।

वर्तमानमा "राणा" थर लेख्ने को को

[सम्पादन गर्नुहोस्]

राणा थर लेख्ने राजपुत मात्र नभएर वैश्य र थारुहरू पनि भेटिन्छन । यसैकारण थरले सम्पूर्ण परिचय खुल्दैन । हेरौ तालिका र बुझौ वास्तविकता के के छ हाम्रो समाजमा

क्रम -स पूर्खाको थर बर्तमानमा लेख्ने गरेको थर गोत्र बसोबास कुलदेवता पहिचान कैफियत
रावल राणा वैशमपायान भारतको मेवाड ------? राजपुत /ठाकुर राजपुत
----? राणा भारद्वाज उत्तराखण्ड जागेश्वर दण्डश्वर महादेव राजपुत /ठाकुर राजपुत
कुँवर राणा वत्स काठमाण्डौ / नेपालगञ्ज --------? क्षत्री राणा महाराज -------?
राना राणा धनन्जय डोटी /बैतडी /कैलाली खडायत वैश्य क्षत्री खस
राना राणा ----- ? भारतको उत्तरप्रदेश ------? वैश्य/थारु थारु

राणाले मान्ने विशेष पर्वहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]