सामग्रीमा जानुहोस्

वेब प्रवेशद्वार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इन्टरनेट प्रवेशद्वार वा वेब प्रवेशद्वार एक विशेष तरिकाले बनाइएको वेबसाइट हो जसले विभिन्न स्रोतहरू जस्तै इमेल, अनलाइन मञ्च र सर्च इन्जिनहरू अनेका प्रकारका सामग्रीहरू ल्याउँदछ। सामान्यतया, प्रत्येक जानकारीका स्रोतहरूले प्रायः जानकारी प्रदर्शन गर्नका लागि पृष्ठमा यसको समर्पित क्षेत्रहरू रहेका हुन्छन्। वेब प्रवेशद्वारहरू, व्यक्तिगत कम्प्युटर, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक उपकरणहरूका मार्फतहरूबाट पहुँच योग्य रहेका हुन्छन्। वेब प्रवेशद्वारको प्रमुख विशेषताहरूमा डाटा पहुँच, व्यक्तिगत सामग्री, लेनदेन, सुरक्षा, प्रकाशित सामग्री र खोजी हुन्। यिनिहरू प्रयोगकर्ताहरूको आधारमा जानकारी प्रस्तुत गर्न सक्षम रहेका हुन्छन्।

धेरै इन्टरनेट सेवा प्रदायकहरूको आफ्नै प्रवेशद्वारहरू रहेका छन् जस्तै माइक्रोसफ्टको एमएसएन, आक्स डटकम, याहु! आदि।

वेब प्रवेशद्वारहरू कहिलेकाँही तेर्सो वा ठाडो रूपमा वर्गीकृत गरिन्छ। तेर्सो प्रवेशद्वारलाई एउटै आर्थिक क्षेत्रमा धेरै कम्पनी, निर्माता वा वितरकहरूको एक मञ्चको रूपमा प्रयोग गरिन्छ।[१] ठाडो प्रवेशद्वार ("भोर्टल"को रूपमा पनि जानिन्छ) एक विशिष्ट बजार वा उद्योग सुहाउँदो पद, विषय क्षेत्र, वा चासोको लागि एक विशेषज्ञ बिन्दु हो।[२] केहि ठाडो प्रवेशद्वारहरूलाई "ठाडो सूचना प्रवेशद्वार" (भिआईपी)को रूपमा पनि चिनिन्छ। भिआईपीहरूले समाचार, सम्पादकीय सामग्री, डिजिटल प्रकाशनहरू, र ई-वाणिज्य क्षमताहरू प्रदान गर्��छन्। भिआईपीहरूले सामाजिक सञ्जाल, श्रव्य दृश्य साझेदारी, र ब्लगिङ सहितका गतिशील मल्टिमीडियाका अनुप्रयोगहरू पनि प्रदान गर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "तेर्सो प्रवेशद्वार भनेको के हो? परिभाषा र अर्थ", बिजनेस डिसनरी डटकम, अन्तिम पहुँच ८ अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२३ मिति
  2. "ठाडो प्रवेशद्वार भनेको के हो? परिभाषा र अर्थ", बिजनेस डिसनरी डटकम, अन्तिम पहुँच ८ अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-०८ मिति
  • "अन्ट्याङ्गल द वेब", कम्युनिकेसन न्युज: ८२–८३, सेप्टेम्बर २००१, आइएसएसएन 0010-3632